‘पंचायत’लाई पिजी सर्टिफिकेट,निर्माण पक्षको आपत्ति

बैशाख, काठमाडौं।

५० वर्ष पुरानो कथामा  बनेको चलचित्र 'पंचायत'लाई सेन्सर बोर्डले मंगलवार  पिजी सर्टिफिकेट दिएको छ।सेन्सरका अनुसार  १६ वर्षभन्दा कम उमेरका दर्शकले यो चलचित्र हेर्नका लागि अभिभावकसाथमा लानु पर्ने भएको छ। बोर्डले पिजी सर्टिफिकेट दिँदै चलचित्रमा समावेश गरिएको  विरेन्द्रको तस्विर तथा तत्कालिन राष्ट्रियगान श्रीमान गम्भिर.. पनि हटाउन लगाएको छ। सेन्सर बोर्डको यो निर्णयका कारण निर्माण पक्षले भने आक्रोश पोखेका छन्।

पुरानो कथामा बनेको यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाउनु पर्ने भन्दै सेन्सरले त्यतिकै पिजी सर्टिफिकेट दिएको निर्माता रवि अधिकारीले जनाएका छन्। त्यस्तै निर्माण पक्षले सेन्सरको यो निर्णय अमान्य भएको पनि जनाएका छन्।

सेन्सरको यस्तो निर्णयमाथि चलचित्रका नायक सरोज खनालले पनि आक्रोश सहित फेसबुकमा लेखेका छन्। 'के अब नेपालका ऐतिहासिक बिषयबस्तुमाथी चलचित्र बनाउन नपाईने ? हैन भने स्वर्गीय राजा बिरेन्द्रका केही झलक र तत्कालिन राष्ट्रियगान 'श्रीमान् गम्भीर नेपाली…. लाई नेपाली चलचित्रमा देखाउन किन रोक लगाउछन् यी गणतान्त्रिक नेपालको सेन्सर बोर्डका नाईकेहरु ? के अब हामीले विदेशी इतिहासमात्र हेर्नु पर्ने ? 'पञ्चायत' टिमको प्रश्न सम्पूर्ण नेपाली चलचित्रका आदरणीय दर्शक र शुभचिन्तकलाई ।'

फागुन १८ गतेदेखि देशभर प्रर्दशनमा आउने यस चलचित्रमा सरोज खनाल, निता ढुंगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ।ग्रामिण परिवेशमा पुरानो संस्कृति झल्काउने यस  चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन्।