
<pre><b>बैशाख, काठमाडौं। </b></pre><p> नेपाली सिनेक्षेत्रमा निकैनै चर्चा कमाइरहेकी नायिका प्रियंका कार्की यतिवेला दीपाश्री निरौलाको निर्देशनमा बन्न लागेको चलचित्र ‘छक्का पन्जा २’मा व्यस्त छिन। चलचित्रको अहिले धमाधम छायांकन भैरहेको छ । जानकारीमा आएअनुसार यस अघि 'छक्का पंजा' मा दिपकराज गिरी (राजा)को चम्पा बनेर अभिनय गरेकी प्रियंकाले 'छक्का पंजा २' मा भने नायिका स्वस्तिमा को आमा बनेर खेल्दै छिन्। यसै विच चलचित्रमा रहेको प्रियंकाको लुक्स बाहिरिएको छ। जसमा प्रियंका लाई सारीमा सजिएकी साधारण युवतीको रुपमा देख्न सकिन्छ्। </p><p>असोज ११ गते बाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत ,स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकालको मुख्य भुमिका रहनेछ। चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपकराज गिरी र दीपाश्री निरौलाको प्रस्तुतीमा तयार भैरहेको यस चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।</p><div><br></div>