बैशाख, काठमाडौं ।

चलचित्र 'इन्टु मिन्टु लण्डनमा' बन्ने भएको छ । शुक्रबार राजधानीको याक एण्ड एतिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको छ । चलचित्रमा मुख्य नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाह रहनेछिन् । साथै साम्राज्ञीसँग चलचित्रमा नव नायक धिरज मगरले स्क्रिन सेयर गर्दैछन् ।

चलचित्रलाई दर्जनौं चलचित्रहरुमा कोरियोग्रफि गरेकी रेनेशा वान्तवा राईले निर्देशन गर्दैछिन् । रेनेशाले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । चलचित्रमा साम्राज्ञी र धिरजको साथमा विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाइँ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।

काठमाडौं र यूकेमा छायांकन हुने यो चलचित्रमा साम्राज्ञी 'मिन्टु' र धिरज 'इन्टु' को भूमिकामा रहनेछन् । प्रभु शमशेर जबरा र प्रज्जवल शम्सेर जबराको लगानी रहने चलचित्रमा सहनिर्माताको रुपमा सुलेखा राई, बसन्त तामाङ, सुस्मिता जिरेलको रहेका छन् । कथा रेनेशा र प्रज्जवलले मिलेर तयार पारेका हुन् । चलचित्रको छायांकन जुन १६ देखि अगष्ट ७ सम्म नेपाल तथा लण्डनमा गरिने बताइएको छ ।

Video: