भारत छोडेर भागे जस्टिन बीवर, कपडा पनि सडकमै बदले

बैशाख, काठमाडौं । (एजेन्सी)

विश्वमै चर्चित पपस्टार जस्टिन बीवर बुधबार मुम्बईको कन्सर्टमा सहभागी भए । हजारौं दर्शकका अगाडि दुईघण्टा आफ्नो कन्सर्टमा प्रस्तुती दिएका उनी सिधै एअरपोर्ट पुगेका थिए ।कस्नर्ट पश्चात पनि अन्य दुई दिन भारतमै रहने सेड्युलका साथ मुम्बई आएका जस्टिन तुरुन्तै फर्किएका छन् । भारतको टुरकोक्रममा अन्य ठाउँको भिजिट तथा अन्य सेलिब्रेटीहरुसँगको भेटघाटको कार्यक्रम बिचमै छोड्नुको कारण भारतको गर्मि लाई दिइएको छ । जस्टिन भारत आउना साथ त्यहाँको गर्मिबाट आजित भइसकेका थिए । उनले कस्सर्ट गर्नेक्रममा पनि यो ठाउँमा धेरै नै गर्मि रहेछ भनेका थिए ।

जस्टिनले आफु तुरुन्तै फर्किनुको कारण भने खुलाएका छैनन् उनले गर्मिछल्न नसकेको कारण तुरुन्तै भागेको हुन सक्ने भारतीय मिडियाहरुले लेखेका छन् भने अर्को कुरा उनले कन्सर्ट दिनेक्रममा लिप्सिंग (मुख मात्र चलाएको) मात्र दिएको भन्ने आरोप लागेको थियो । अझ कन्सर्ट हेर्ने पुगेका भारतका अन्य सेलिब्रेटीहरुले पनि जस्टिनको प्रस्तुती खासै मज्जाको नभएको प्रतिक्रिया दिएका थिए । त्यसैले पनि जस्टिन एकाएक फर्किनुमा यो कारण पनि हुनसक्ने बताइएको छ ।