रेखाको भिलेन रुप हेर्न अभिभावक लानुपर्ने

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>नायिका रेखा थापाले पहिलो पटक खलपात्रको भुमिका खेलेको चलचित्र डायरी सेन्सर बोर्ड बाट पास भएको छ। रिवेन्ज लभ स्टोरीमा आभारित यस चलचित्र लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको छ। जस अनुसार अब १६ वर्ष मुनिका दर्शकहरुलाई चलचित्र हेर्नका लागि अभिभावकको साथ चाहिने भएको छ। चलचित्रमा हिंसात्मक दृश्यहरु भएकाले चलचित्रलाई पिजी सर्टिफिकेट दिएको सेन्सर अधिकारीहरुले बताएका छन्।&nbsp;</p><p>एयर क्रिउ प्रोडक्सन र छुल्ठीम इन्टरटेमेन्टको ब्यानरमा &nbsp;निर्मित यस चलचित्रमा रेखाका साथै छुल्ठीम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य अभिनय रहेको छ। रेखाको भिलेन रुप भएका कारण पनि प्रतिक्षित बन्न पुगेको यस चलचित्र आउँदो शुक्रवार जेठ ५ गते बाट प्रर्दशन हुँदैछ।&nbsp;</p>