जेठ, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रमा बिदेशी प्रविधिको प्रयोग गर्दै नयाँ कथामा चलचित्रहरु बनिरहेका छन् । चलचित्रको क्षेत्रमा दर्शकलाई कसरी राम्रो र गुणस्तरीय चलचित्र दिनसकिन्छ भन्ने नयाँ—नयाँ कन्सेप्ट एकपछि अर्को गर्दै आइरहेका छन् ।

यसैबिच केहिदिन अघिमात्रै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को निर्माण घोषणा गरियो । केहि पुराना सँगै धेरै नयाँ कलाकारलाई लिएर निर्माण गर्न लागिएको यो चलचित्रलाई थुप्रै नेपाली चलचित्रका गीतहरुमा कोरियोग्राफि गरेर नाम कमाएकी कोरियोग्राफर रेनाशा वान्तवा राईले निर्देशन गर्दैछिन् । उनले कोरियोग्राफिमा डेब्यु गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ को गीतको भिडियोलाई पनि दर्शकले खुबै मन पराएका थिए । साथै त्यसपश्चात उनले कोरियाग्राफि रहेका थुप्रै चलचित्रका गीतहरुलाई दर्शकले उत्तिकै मात्रामा मन पराएका छन् । अब चलचित्रबाट निर्देशनमा डेब्यु गर्न लागेकी रेनाशाले आर्टिस्ट खबरका चलचित्रसँगै सम्बन्धित केहि प्रश्नहरुमा यसरी उत्तर दिन्छिन्ः

तपाईले निर्देशन गर्ने ‘इन्टु मिन्टु लण्डनमा’ चलचित्र कस्तो हो ? बताइदिनुस न ।

यो चलचित्र त्यस्तो निकै फरक छ त भन्दिन । एउटा रोमान्टिक लभ स्टोरी मुभि हो । इसान र मिरा पात्रको लभ स्टोरी भएको चलचित्रहो । यी पात्र लण्डनमा भेट हुन्छन् र लभस्टोरी शुरु हुन्छ । नेपालमा बनिराखेका रोमान्टिक चलचित्रहरु भन्दा केहि फरक तरिकाले बनाउन खोजेका मात्र हौं ।

रोमान्टिक भन्नु भो चलचित्रमा कस्तो प्रकारको रोमान्टिक सिन हुनेछ ?

रोमान्टिक भन्ने बित्तिकै नेपाली चलचित्रहरुमा हामीले सेक्सुअर कुराहरुलाई जोडेको पाउछौं तर यसलाई पनि फरक तरिकाले ब्याख्या गर्न सक्छौं । मैले गरेका गीतहरु पनि हेर्न सक्नुहुन्छ , रोमान्टिक नै हुन्छन् तर त्यसमा सेक्सुअर कुराहरुलाई जोडिएको हुदैन । दैनिक जीवनको भोगाईको रोमान्सको कुरालाई फरक तरिकाले प्रस्तुत गरिनेछ ।

गीतमा कोरियाग्राफि गरिरहनु भएको मान्छे एक्कासी चलचित्र निर्देशनमा आउँदा सफल हुन्छु जस्तो लागेको छ ?

मैले पनि यो कुरालाई धेरै पटक सोचेरै निर्णय लिएकी हुँ । चलचित्र निर्देशन भनेको एक गाह्रो कुरा पनि हो यसका लागी धेरै तयारी चाहिन्छ । अहिले मैले निर्देशन गर्न लागेको रोमान्टिक चलचित्र भएको कारणले पनि मैले निर्देशनमा हात हालेकी हुँ । किनकी मैले रोमान्टिक गीतहरु यतिधेरै गरिसकेँ कि त्यो अनुभवले पनि सक्नेछु भन्ने आँट गरेकी हुँ ।

सुन्दरी हुनुहुन्छ, नायिका बन्न तिर नलागेर निर्देशक बन्न खोज्नुभएछ नि ।

धेरैले यो कुरा भन्ने गर्नुहुन्छ । तर मेरो काम के हो भन्ने कुराको पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई । मैले कलाकारहरुलाई ड्रेसअप देखि लिएर धेरै कुरामा यो गर त्यो नगर भनिरहँदा आफुपनि त्यहि किसिमले फिटनेश त हुनैपर्छ त्यसले गर्दा पनि मैले आफुलाई फिटनेश राखेकी हुँ । तर नायिका नै बन्नु पर्छ भन्ने होइन । मेरौ काम भनेको कोरियाग्राफि तथा निर्देशन हो त्यसैले यहि क्षेत्रमा खुसी छु । त्यस्तो नायिका नै बन्ने योजना छैन ।

‘इन्टु मिन्टु लण्डनमा’ कहाँ कहाँ सुटिङ गर्नुहुन्छ ?

नेपालमा १६ जुन बाट सुटिङ सुरु गर्दै छौं । यो चलचित्रको जम्मा ४० प्रतिशत नेपालमै सुट गर्नेछौं र बाँकी सबै लण्डनमा गर्ने छौं । चलचित्रको टाईटलले नै मागेको कारणले पनि हामीले यो चलचित्रलाई लण्डनमा सुट गर्न लागेका हौं ।

प्रस्तुतीः गोपिकृष्ण चापागाईं ।