रेखा र आर्यनको ‘रुद्रप्रिया’मा सुर्दशन र अर्पण नरहने

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p style="text-align: justify; ">नायिका रेखा थापा र नायक आर्यन सिग्देल करिब सात वर्षपछि फेरि एकसाथ पर्दामा देखिंदैछन्। चलचित्र 'कस्ले चोर्यो मेरो मन'मा एक साथ देखिएपश्चात सिने बजारमा उनीहरुमा दुश्मनी भएको खवरले निकैनै चर्चा कमाएको थियो। उनीहरु एकअर्का संग बोल्ने पनि नगरेको खवर बाहिरिएको थियो। अब भने उनीहरुले चलचित्र 'रुद्रप्रिया'मा एकसाथ काम गर्ने फाइनल गरेका छन्। </p><p style="text-align: justify; ">तर चलचित्रमा आर्यनको आगमन भएपछि निर्देशक सुर्दशन थापा र नायक अर्पण थापा भने बाहिरिएका छन्। चलचित्रमा आर्यन लाई लिनु अघि नायिका रेखाले चलचित्रमा सुर्दशन र अर्पण थापाको मुख्य भुमिका रहने घोषणा गरेकी थिईन्। सुदर्शन आफ्नो निर्देशन रहेको पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ को रिलिजको कारण देखाउदै चलचित्र बाट बाहिरिएका छन भने अर्पणले आफ्नो निर्देशन र अभिनयमा तयार भएको चलचित्र ‘आधा लभ’लाई कारण बनाएका छन्।&nbsp;</p><p style="text-align: justify; ">यस विषयमा नायिका रेखाले भने कुनै आधिकारिक घोषणा गरेकी छैनन्। चलचित्र 'रुद्रप्रिया'लाई सुदीप भूपाल सिंहले निर्देशन तथा रमेश पौडेलले निर्माण गर्न लागेका हुन् ।चलचित्रको छायांकन जेठ ४ बाट सुरु हुने बताइएको छ। &nbsp;</p>