
<pre><b>जेठ, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउड क्वीन कंगना रनावत पछिल्लोसमय एकपछि अर्को गर्दै विभिन्न कन्ट्रोभर्सीमा पर्न थालेकी छिन्। केही समय अघिमात्रै आगामि फिल्म सिमरन का डायलग लेखक बाट नराम्ररी आका्रेश झेलेकी कंगनालाई फेरि एक आरोप लागेको छ। फिल्म निर्देशक केतन मेहताले कंगनामाथि फिल्मको कहानी चोरेको आरोप लाउँदै नोटिस पठाएका छन्। मेहता ले कंगनामाथि उनको फिल्म रानी लक्ष्मी बाई बायोपिक चोरेको भन्दै कानूनी नोटिस पठाएका हुन्। भारतीय मिडियाका अनुसार कंगनाले यस फिल्मको कहानी चोर्ने प्रयास गरिरहेकी छिन्। </p><p style="text-align: justify; ">जानकारीमा आएअनुसार केतन ले रानी लक्ष्मीबाई को फिल्म को घोषणा २०१५मा गरेका थिए। त्यतिवेला कंगना पनि यस फिल्मको हिस्सा थिईन र उनलाई पनि फिल्मको कहानी दिइएको थियो। तर केही समयपछि उनीहरु बिच मतभेदका कारण कंगना यस फिल्मबाट बाहिरिएकी थिईन्। केतनले आफ्नो फिल्मको कथा चोरेर कंगानाले अर्को फिल्म 'मणिकर्णिका क्वीन अफ झांसी' बनाउन लागेको आरोप लगाएका छन्। एजेन्सी</p>