आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र बिषय लिएर पढ्न चाहानेहरुका लागी काठमाडौंमा कान्तिपुर फिल्म एकेडेमी सञ्चालनमा आएको छ । चलचित्र क्षेत्रमै केहि गर्न चाहानेहरुका लागी ठुलो अवसरको रुपमा स्थापित यस एकेडेमीको शुक्रबार एकेडेमी भवन मैतिदेवीमा एक कार्यक्रमका बिच जानकारी गराइएको हो ।

चलचित्र निर्माता छविराज ओझाले संचालनमा ल्याएको यस एकेडेमीमा छविराजको साथमा प्रकाश पुरी, बिमल सुवेदी, नरेश कुमार केसी दयाराम घिमिरे , पृथ्वीराज प्रसाँइ र सुरज चिलुवालको संलग्नता छ । साथै आजको कार्यक्रममा एकेडेमीले रसियाको नोभोसिर्क स्टेट थिएटर इन्टिच्यूटसँग केही सम्झौता पनि गरेको छ । जस अनुसार पहिलो चरणमा कान्तिपुर फिल्म एकडेमीबाट अभिनय विधामा २ जना बिधार्थी संजोग रसाइली र अनिल कँडेल र निर्देशन बिधाबाट परिच्छेद सेनलाइ छात्रवृत्तीमा अध्ययनको मौका दिइएको छ । एकेडेमीले रसियाको नोभोसिर्क स्टेट थिएटर इन्टिच्यूटसँग ४ कुरामा सम्झौता गरेको थियो । छात्रवृतिमा अध्ययनको लागी विद्यार्थीहरु आदानप्रदान गर्ने, अध्यापनका लागी शिक्षकहरु आदानप्रदान गर्ने, दुबै देशका कला संस्कृति प्रवद्र्धन सम्बन्धी कामहरु गर्ने, दुबै देशबाट नाटक, सिनेमा लाने ल्याउने र शैक्षिक सामाग्रीहरु आदानप्रदान गर्ने कुराहरुमा सम्झौता गरिएको थियो ।

कार्यक्रमका एकेडेमीका सञ्चालक छविराजले आफुले चलचित्र निर्माणमा ३० बर्ष बिताइसकेको र अर्को ३० बर्ष पनि अबका नयाँपुस्ताका लागी खर्चिने जानकारी दिएका थिए । साथै एकेडेमिका सिइओ प्रकाश पुरीले नेपालमा निर्माण हुने चलचित्रहरु बिदेशी लेभलका हुन् भनेर एकेडेमी सञ्जालनमा ल्याइएको बताए ।

कार्यक्रममा उपस्थित नोभोसिर्क स्टेट थिएटर इन्टिच्यूटका प्रमुख भाल्दिमिर सोलोडोबले नेपालको फिल्म एकेडेमीसँग सम्झौता गर्न पाउँदा खुसी लागेको धारणा दिएका थिए । कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी र रसियाबाट आएका इन्टिच्युटका प्रमुखले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।