आर्टिस्ट खबर/ जेठ, काठमाडौं ।

आज (शुक्रबार) बाट देशैभरीका चलचित्रहलहरुमा चलचित्र डायरी प्रदर्शनमा आएको छ । पहिलो पटक अभिनेत्री रेखा थापा भिलेनको रुपमा देखिएको यो चलचित्रलाई छुल्ठिम गुरुङले निर्माण गरेकी हुन् । यो भन्दा अघि चलचित्र नोभेम्बर रेनमा डल्लीको भुमिकाबाट दर्शकमाझ चिनिएकी छुल्ठिम डायरीमा निर्माता तथा नायिकाको भुमिका निभाएकी छिन् ।

प्रेमकथामा आधारित यो चलचित्रको बारेमा अभिनेत्री रेखा थापाले आफ्नो भुमिकाबाट दर्शकको अथाहा माया पाउने अभिलासा नराखेको बताएकि छिन् । शुक्रबार सञ्चारकर्मिहरु माझ गरिएको बिशेष शो पश्चात रेखाले यस्तो बताएकी हुन् । 'यो महिला पात्रले बनाएको चलचित्र हो । चलचित्रक्षेत्रमा केहि गरौं भनेर छुल्ठिमले हात हालेकी हुन् । त्यसैले पनि महिलाले यो क्षेत्रमा केहि गर्नुपर्छ भनेर यो चलचित्रमा अभिनय गरेकी हुँ । मैले यो फिल्मबाट दर्शकको अथाहा माया पाउने अभिलासा भने लिएकी छैन', रेखाले भनिन् । रेखाले चलचित्रमा आफ्नो उपस्थितीले महिलाले निर्माण गरेको चलचित्रमा अझ साहस आवस भनेर चलचित्रमा अभिनय गरेको बताइन् ।

त्यसतै निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले पनि चलचित्रमा आफुले सक्दो मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताइन् । 'मलाई पहिलाको चलचित्रमा जसरी माया गर्नुभएको थियो त्यसरी माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएकि छु', छुल्ठिमले भनिन् । चलचित्रमा छुल्ठिम र सन्नी सिंहको प्रेम देखाइएको छ ।

Video: