प्रियंका र आयुष्मानको प्रेमलाई खुलाए हेमन्त शर्माले (भिडियो)

...

<pre><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">यतिखेर नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको प्रेम सम्बन्धको चर्चा खुबै सुनिन्छ । यो जोडी साँच्चैनै प्रेममा छन् या छैनन त्यो कुरामा भने यो जोडी खासै बोल्न खोजेको छैन । प्राय हुने कार्यक्रममा जोडी कसेरै जाने यी दुई कलाकारको प्रेमलाई गायक हेमन्त शर्माले खुलाइदिएका छन् । गायक हेमन्तले उनीहरुको प्रेम एक गीत मार्फत खुलाइदिएका हुन् तर यो जोडीको रियल प्रेम नभएर रिल प्रेमलाई उनले गीत मार्फत सार्वजनिक गरेका हुन् जुन भिडियोमा प्रियंका र आयुष्मानको प्रेम सम्बन्ध देखिन्छ ।&nbsp;</p><p style="text-align: justify; ">यसपाली भने गायक हेमन्तले केहि फरक धारको गीत गाएका छन् । उनको गीतमा &nbsp;प्रेम वियोगको कथा देखिन्छ । गएको बिहिबार सार्वजनिक गरिएको &nbsp;‘हारे आज’ बोलको उक्त गीत मणिराज बस्नेत ले लेखेका हुन् भने बि.बि अनुरागी ले संगीत भरेका हुन् । &nbsp; सुरज सिंह ठकुरीले निर्देशन गरेको गीतको भिडियो गायक हेमन्तले आफ्नै अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।&nbsp;</p><pre style="text-align: justify; ">Video:&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/imnOzBxF0VY" width="640" height="360" class="note-video-clip"></iframe>
</pre><p style="text-align: justify; "><br></p>