जेठ, काठमाडौं।

चर्चित फेशन डिजाइनर काजल शर्मालाई युरोपमा सम्मान गरिएको छ। काजलले फेशनको दुनिँयामा काजलको योगदानको कदर गर्दै उनले नेपाली फेशनलाई युरोपमा विस्तार गरेकोमा एन आर एन ए बेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजललाई सम्मानपत्र सहित सम्मान गरेको हो।

एन आर एन ए बेल्जियमका सस्थापक अधक्ष्य रबिन्द्र मान श्रेष्ठ, एन आर एन ए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एन आर एन ए एन सी सी बेल्जियमकि महिला संयोजक सपिला राजभण्डारी, एन आर एन ए एन सी सी बेल्जियमकि महिला सह संयोजक रजनी प्रधान, आइ सी सी सदस्य जानकी गुरुङ, जन सम्पर्क समिति बेल्जियमकि अधक्ष्य सिता सापकोटा, कलाकार संघ बेल्जियमकि अधक्ष्य पार्वती अधिकारि, मिरा डंगोल गुरुङ, योगिता थापा, सरस्वति महर्जन लगायतका अन्य बेल्जियम बासीले उनको कदर गरेका थिए। काजल द्वारा संचालित काजल क्रियसन बुटिक यतिवेला नेपाल देखि युरोप सम्म विस्तारभइरहेको छ। छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचान बनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि देखि सर्ब साधारणहरुको रोजाइमा पर्न सफल भएको छ।

नेपाली उत्पादन ढाका बाट बनेका कपडा तथा ढाका बाट तयार भएका ड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टर चर्चित फेशन डिजाइनर काजल शर्माले बेल्जियममा गएर त्यहा भएका नेपाली दिदि बहिनिहरुलाई समेत आफ्नो काम अनि काजल क्रियसनले नेपाली फेशन दुनियामा पुर्याएको योगदान तथा ड्रेस डिजाइन सम्बन्धि जानकारी गराइएकि छिन ।