जेठ, काठमाडौं ।

गजलकार ज्ञानदेव हटुवालको गजल एल्बम ‘दर्द’ सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बिच उक्त एल्बम लोर्कापण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ गजलकार प्रा.डा.कृष्णहरी बरालले उक्त एल्बम लोकार्पण गरेका हुन् ।

एल्बममा समावेश ९ गीतहरुमा गजलका शब्द भरेका गजलकार ज्ञानदेवले आफ्ना मनमा उठेका भावहरुलाई उतारेर बताएका थिए । साथै एल्बम निकाल्न सहयोग पु¥याउने सम्पुर्णलाई उनले धन्यवाद दि । रुपन्देहीको एक बिद्यालयका प्रिन्सिपल समेत रहेका ज्ञानदेवले कार्यक्रममा बोल्दै भने– ‘धेरैलाई प्रिन्सिपलले पनि गजल गीत निकाल्नु भएछ भनेर अनौठो लाग्ला, कविको कुनै ठाउँ हुँदैन, कवि चन्द्रमामा पनि पुगेर आउन सक्छ भनेझै मैले पनि आफ्नो पेशा भन्दा फरक भएर साहित्य लेखेको हुँ ।’

साथै कार्यक्रमका प्रमुख अतिथि गजलकार डा. कृष्ण हरी बरालले थुप्रै बिशिष्ठ ब्यक्तिहरुमाझ पनि आफुलाई प्रमुख अतिथिको रुपमा बोलाइएकोमा धन्यवाद ब्यक्त गर्दै ज्ञानदेवका गजल निकै मर्मस्पर्शी र भावपुर्ण भएको बताए । गजल भनेको ‘वा’ भन्ने हुनुपर्छ जुन ज्ञानदेव जी का गजलमा भेटेँ, मैले ज्ञानदेव जीसँग यसरी प्रत्यक्ष भलाकुसारी गर्ने मौका त पाएको थिइन यस एल्बमले जराइदियो’, बरालले भने । उनले ‘मास्टर’ शब्दको प्रयोग गर्दै साहित्य लेख्ने मान्छे ‘मास्टर’ बन्नुपर्ने बताए । 'जसले गजल तथा मुक्तक सुनाएर ‘वा’ भन्ने बनाउँछ त्यसलाई ‘मास्टर’ भनिन्छ । त्यसैले साहित्य लेख्नेमान्छे ‘मास्टर’ बन्न सक्नुपर्छ ।', बरालले कार्यक्रममा बोल्दै भने ।

सार्वजनिक एल्बमका गीतहरुमा राष्ट्रियस्तरका चर्चित कलाकारहरु गायक आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, मनोज राज, अन्जु पन्त, राज सिग्देल, राधिका भण्डारी र निपा क्षेत्रीको स्वर रहेको छ । साथै गीतमा शुशिल कुमार श्रेष्ठ, बि.बि. अनुरागी र राज सिग्देलले म्युजीक कम्पोज गरेका छन् ।

कार्यक्रममा गायक राज सिग्देलले एल्बममा समावेश केहि गीत गाएर सुनाएका थिए । साथै २ वटा गीतको भिडियो पनि देखाइएको थियो । उपस्थित अतिथि तथा दर्शकले गीत तथा भिडियोको तारिफ गरेका थिए । साथै कार्यक्रममा ज्ञानदेव हटुवालले नै लेखेको गीत, गजल, कविता संग्रह आकाशकी जून पनि सार्वजनिक गरिएको थियो । ९९ पाना रहेको उक्त पुस्तकमा ज्ञानदेवले गीत, गजल तथा कविता लेखेका छन् ।