
<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">नायिका रेखा थापाले निर्माण गर्ने चलचित्र ‘रुद्रप्रिया’ को छायांकन शुरु भएको छ । छायांकन बिहिबारबाट बन्दीपुरमा सुरु भएको छ । करिब ८ बर्षपछि यो चलचित्र बाट रेखा र आर्यनले एकसाथ काम गर्न लागेका हुन् । </p><p style="text-align: justify; ">अबको दुई साता बन्दीपुरमा छायांकन हुने निर्मात्री तथा नायिका रेखाले बताएकी छिन् । बन्दीपुरमा रहेको खड्गादेवी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको थियो । ४० दिनमा छायांकन सक्ने गरि काम शुरु गरिएको यो चलचित्र बन्दिपुरसँगै पोखरा, काठमाण्डौ र जिरीमा छायांकन गरिने बताइएको छ ।</p><p style="text-align: justify; ">चलचित्रलाई सुदिप भूपाल सिंह ‘बबी’ ले निर्देशन गर्दैछन् भने संजय लामाले खिच्दैछन् । साथै सुरेश अधिकारी, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । रेखा फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा रमेश एमके पौडेलले लगानीमा सहकार्य गरेका छन् । </p>