प्रभासको कारण रोकियो अनुष्काको विवाह

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>&nbsp;एसएस राजामौली को फिल्म बाहुबली २ ले अहिले सम्म विश्वभरमै १५०० करोड भन्दा बढी रकम कमाइसकेको छ। फिल्मको सफलता संगै फिलमका मुख्य कलाकार बाहुबली प्रभास र देवसेना अनुष्काको केमेष्ट्रीले पनि निकै चर्चा पाएको छ। उनीहरुको अनस्क्रीन जोडीलाई सबैलाई मन पराएका छन्। यसै विच भारतीय मिडियामा उनीहरुविचको सम्बन्धको निकै चर्चा चल्न थालेको छ। उनीहरुले एकसाथ विवाह गर्न सक्ने पनि चर्चा चल्न थालेको छ।&nbsp;</p><p>&nbsp;तर एक मिडियाका अनुसार अनुष्काले दुई वर्ष अघि विवाह गर्न लागेकी थिइन् तर प्रभासको कारण उनले विवाह रोकेकी थिइन्। बताइएअनुसार प्रभास अनुष्का केवल बाहुबलीको सुटिंगमा मात्र ध्यान दिउन भन्ने चाहन्थे।र उनले अनुष्कालाई विवाह नगर्न भनेका थिए। जसका कारण अनुष्काले आफ्नो विवाह रोकेकी थिइन्। प्रभास पनि यस फिल्मलाई लिएर निकै सिरियस थिए। र उनले फिल्मका लागि आफ्नो विवाह पनि ५ वर्षका लागि रोकेको थिए। जब प्रभास फिल्म ुबाहुबलीु को सुटिंग गर्दै थिए उनलाई करीब ६ हजार युवतीको विवाहको प्रस्ताव आएको थियो तर प्रभासले आफ्नो ध्यान फिल्ममा लगाएका हुनाले सबै सम्बन्धलाई नकारेका थिए। एजेन्सी</p>