
<pre><b>जेठ, काठमाडौं। </b></pre><p>चर्चित गायक नबिन के भट्टराईले आज राजधानीमा लाइभ प्रस्तुति दिने भएका छन्। नेपाली गीत संगीत पारखिलाई गायक गायिकासँग नजिक गराउँदै मनोरन्जन दिलाउने उदेश्यले ठमेल स्थित फायर डिस्कोले सुरु गरेको कार्यक्रम ‘फ्राइडे विथ सेलिब्रेटी’मा आज साँझ नविनले आफ्नो गीतहरु पस्किने भएका छन्। ‘फ्राइडे विथ नबिन के भट्टराई’नामक कार्यक्रममा नविनले 'हृदयमा राखे‘, आँखामा तिमीलाई ‘, डर लाग्छ ‘, तिमीलाई म दोबाटोमा‘, तिमीले हेर्दा कसैलाई ‘लगायत आफ्ना नयाँ तथा पुराना दर्जन गीत प्रस्तुत गर्नेछन् ।कार्यक्रममा गायक नविनले दर्शक श्रोताले अत्यधिक मनपराएको गीत ‘सायद तिमी नै हौं’ समेत गाउने छन् ।</p><p>कार्यक्रममा चलचित्रका चर्चित कलाकारहरुको समेत सहभागिता रहने फायर डिस्कोका समिर शाहले जानकारी दिएका छन्।</p>