गोपालले ल्याए ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’

जेठ, काठमाडौं।

नृत्य निर्देशक गोपाल अधिकारीको ‘जो नाच्छ, ऊ धेरै बाँच्छ’ पुस्तक सार्वजनिक भएको छ । शनिवार राजधानीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । गोपाल अधिकारीको यो कृतिमा ५२ विभिन्न शिर्षकमा नृत्य सम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको छ। कार्यक्रममा पुस्तकको बारेमा बोल्दै गोपालले भने ‘मान्छेमा आ–आफ्नै लत हुन्छ । भिन्न–भिन्न प्रकारको नशा हुन्छ । विविध स्वभाव, इच्छा र चाहनाहरु हुन्छन् , ममा पनि त्यस्तो छ ,ममा नृत्यको नशा छ, लत छ । त्यही नृत्यको नशा र लतले जन्मियो जो नाच्छ ऊ धेरै बाँच्छ’।

पैरवी प्रकाशनले प्रकाशन गरेको यो पुस्तकमा नेपालमा प्रचलित नृत्यहरु सम्बन्धी विभिन्न जानकारी समेटिएको उनले बताएका छन्।  यो पुस्तकमा नृत्य परिचय, नृत्यका प्रकार, नव रस, नृत्यमा लय, मात्रा र ताल, नृत्यमा अङ्ग सञ्चालन, चारी र मण्डल, हातका चार करणहरु देखि लिएर लोक नृत्यका बारेमा प्रस्तुत गरिएको छ ।

पुस्तक सार्वजनिक समारोहमा अतिथिहरुले उनलाई सफलताको शुभकामना दिएका थिए । उनीहरुले यो पुस्तक नृत्य सम्बन्धी चासो राख्ने जो कोहीका लागि पनि उपयोगी हुने खासगरि स्कुलका विद्यार्थीलाई अझ बढी उपयोगी हुने बताएका थिए । यो पुस्तक नृत्यका बारेमा सैद्धान्तिक ज्ञान लिएर आएको छ । नृत्य विषयका विद्यार्थी, शिक्षक, नृत्यप्रति अभिरुचि राख्ने पाठकसबैका लागि उपयोगी रहेको छ अतिथिहरुले भने ।

पुस्तकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्यावसन)का महासचिव डीके ढुंगानार राष्ट्रिय निजी आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्यावसन)का अध्यक्ष कर्णबहादुर शाहीका शुभकामनाहरु समेटिएको छ । पुस्तकका लेखक तथा नृत्य निर्देशक गोपाल अधिकारी हाल राजधानीका ३० भन्दा बढी विद्यालयमा नृत्य सिकाउदै आएका छन्।