जिग्री पाँडेको पहलमा सप्तरीका २ सय घरमा बत्ति बल्ने

...

<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">अन्धकारमा बस्न बाध्य रहेको सप्तरी जिल्लाका २ सय घरपरिवारले बिजुली बत्ति बाल्न पाउने भएका छन् । कलाकारद्धय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को पहलमा सप्तरीको गम्हरिया परवाहको पट्टि टोलमा बत्ति जाने भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">दृष्टिविहिन मण्डल परिवारका ३ घर निर्माणका लागि पुगेका जिग्री पाडेँले उज्यालोका लागि विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङसामु प्रस्ताव राखेर सो ठाउमा विजुली पुर्याउने काम गरेका हुन् । अहिले उर्जामन्त्रि जनार्दन शर्माको तोकआदेशमा प्राधिकरण प्रमुख कुलमान घिसिङको प्रत्यक्ष संलग्नतामा जनकपुर सब स्टेशनबाट ट्रान्समिटर जडान र मिटर पुर्याउने काम भएको कलाकार अर्जुन घिमिरेले बताएका छन् ।</p><p style="text-align: justify; ">साथै दृष्टिविहिन मण्डल परिवारको लागि ३ घर निमार्णको काम अन्तिम चरणमा पुगी सकेकोले यही जेठ २४ गते हस्तान्तरण गर्ने जिग्री उर्फ कुमार कट्टेलले जनाएका छन् । ३० लाखको बजेटमा निर्माण गरिएको ३ घर भुकम्प प्रतिरोधी, बाल मैत्री, अपाङ्ग मैत्री हुनेछ । पाँडे जिग्रीकै सक्रियतामा अहिले सो गाउ खुल्ला दिशापिसाबमुक्त पनि भएको छ ।&nbsp;</p>