
<pre><b>जेठ, काठमाडौं</b></pre><p>नायक अनुपविकम शाही र नायिका सन्ध्या केसीको मुख्य भुमिका रहेको चलचित्र 'कमलेको बिहे'को ट्रेलर सार्वजनिक भएको छ। गत विहिवार पत्रकार सम्मेलन गरी देखाइएको चलचित्रको ट्रेलर हिजो सोमबार युट्युबमा सार्वजनिक गरिएको छ। यस अघिका चलचित्रहरुमा चकलेटी भिलेनको रुपमा रहेका नायक अनुप विक्रमलाई यस चलचित्रमा भने फरक गेटअपमा देखाइएको छ। चलचित्रको ट्रेलरमा पावरवाला चस्मा लगाएर लामो टुप्पी पालेका शास्त्रीको भुमिकामा रहेको कमले अर्थात अनुपको विवाहको सन्दर्भलाई जोडिएको छ। प्रशन्न पौडेलको निर्देशनमा बनेको यस चलचित्रमा अनुप र सन्ध्याको साथै विनोद न्यौपाने, इशान ढकाल, किरन लकौल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।हेर्नुहोस यस्तो छ ट्रेलर:</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/DP_1fsxLc8c" width="640" height="360" class="note-video-clip"></iframe><br></p>