‘चस्मा वाला’ गीत: कभर भिडियो बनाउनुस ५० हजार जित्नुस

जेठ, काठमाडौं

नेपाली गीत संगीत बजारमा नयां नयां गितहरु आउने क्रममा गायिका सुमि चाम्लिङ राई आफ्नो नयां गीत 'चस्मावाला' लिएर आएकी छिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गितको भिडियो सार्वजनिक गरिएको छ। यसका साथै कार्यक्रममा गीतको कभर भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिईने घोषणा गरिएको छ।

सुमिको आवाजमा रहेको यस गीतमा डि.पी खनालको  शब्द तथा शंकर थापाको संगीत रहेको छ । सार्वजनिक गितको भिडियोमा  ‘नेपाली ठिटोज टिम’को नृत्य रहेको छ। ‘नेपाली ठिटोज टिम’का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी पनि हुन् ।

प्रतियोगिताको लागि इच्छुकहरुले  कभर डान्स भिडियो बनाएर  आगामी श्रावण महिनाको १५ गते भित्रमा पठाईसक्नु पर्नेछ।उत्कृष्ट कभर भिडियोहरु मध्ये सर्बोत्कृष्ट एक भिडियो छानेर पुरस्कृत गरिने जनाइएको छ।