बन्ने भयो ‘ब्रेकअप’, आशिरमानलाई १५ लाख पारिश्रमिक

जेठ, काठमाडौं

भदौ २ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको  ‘ग्याङस्टार ब्लुज’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक आशिरमान देशराज श्रेष्ठ यतिवेला चलचित्र नगरीमा निकैनै हाईप बटुलिरहेको नायकको रुपमा चिनिन्छन्। यसैविच आफ्नो पहिलो चलचित्र रिलिज नहुँदै उनी अर्को चलचित्रका लागि अनुबन्धित भएका छन्। सोमबार  निर्माता रोहित अधिकारीले बनाउन लागेको चलचित्र 'ब्रेकअप'का लागि उनी अनुवन्धित भएका हुन्।

भदौको दोस्रो साताबाट छायांकन सुरु हुने यस चलचित्रबाट आशिरमानले १५लाख पारिश्रमिक पाउने भएका छन्। ‘ग्याङस्टार ब्लुज’ मा आशिरमानको काम  राम्रो लागेको बताउँदै  निर्माता अधिकारीले पछिल्लो समय आशिरमानको माग बढेकाले उनलाई अनुवन्धित गराएको जनाएका छन्।उनले आशिरमान संग १३ लाख पारिश्रमिक, १ लाखको कस्टुम र  चलचित्र हिट भए १ लाख थप गर्ने सम्झौता  भएको जनाएका छन्। चलचित्रलाई हेमराज विसीले निर्देशन गर्ने भएका छन्। आशिरमानको पहिलो चलचित्र ग्याङस्टार ब्लुज पनि हेमराजलेनै निर्देशन गरेका हुन्।

रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस् को संयुक्त ब्यानरमा बन्न लागेको यस चलचित्रमा दिपक खतिवडा र रुपक थापा पनि निर्माताको रुपमा रहने छन्। फागुन ४ गते रिलिज गरिने गरि निर्माण गर्न लागीएको चलचित्रका लागि नायिका भने फाइनल भइसकेको छैन्।