
<pre><b>जेठ, काठमाडौं</b></pre><p>बलीउड अभिनेत्री विद्या बालनले केही समयअघि बलीउडकी क्वीन कंगना रनावतको राम्रैसंग मजाक उडाएकी छिन्। यसपछि सबलाई लागेको थियो कि उनीहरुविचको सम्बन्धमा दरार आउन सक्नेछ। तर खासमा यस्तो नभएर विद्याको मजाकलाई कंगनाले हाँसोको साथ जवाफ दिएकी छिन्। </p><p> कंगनाको अपकमिंग फिल्म 'सिमरन' मा कंगनालाइ फिल्मको सहलेखक पनि बताइएको छ। सिमरन का डायरेक्टर हंसल मेहताले कंगनालाई फिल्मको लेखकको उपाधि दिएपश्चात विद्याले अरु क्रेडिट किन चाहियो जब तपाईको निर्देशकले तपाईलाई यो कार्ड दिनेछन धन्यवाद सुरेश त्रिवेणी भन्दै आफ्नो फेसबुकमा क्रेडिट कार्ड समातेको फोटो हालेकी थिईन जसबाट कंगनालाई लेखकको दर्जा दिनुलाई मजाक उडाएको भन्ने बुझिन्थ्यो। विद्या यतिवेला सुरेश त्रिवेणीको निर्देशनमा बन्दै गरेको फिल्म 'तुमारी शुलु'मा काम गरिरहेकी छिन्। </p><p>विद्याको यस्तो मजाकमा कंगनाले भने कुनै नराम्रो प्रतिकृया दिएकी छैनन्। यसको जवाफमा कंगनाले हाँस्दै विद्या आफ्नो एकदम मिल्ने साथी भएको र उनले गर्ने मजाकलाई संवेदनसिलरुपमा नहेर्ने गरेको बताएकी छिन्। कंगनाका अनुसार सिमरनको स्किृप्टको शिलशिलामा निर्देशक एक लाइन लिएर उनी समक्ष पुगेका थिए र उनले त्यसलाई लेखेकी थिईन्। फिल्मको लेखक असरानीले पनि फिल्ममा लेखकको भन्दा अघि सहलेखकको नाम आउनु अपमानजनक भएको भन्दै पोस्ट गरेका थिए। एजेन्सी</p>