मोदी संगको फोटोमा ट्रोल गर्नेलाई प्रियंकाको यस्तो जवाफ

जेठ, काठमाडौं।

यतिवेला प्रियंका चोपडा आफ्नो अपकमिंग हलिउड फिल्म बेवाचको प्रमोशनमा व्यस्त छिन। यसैसिलसिलामा जर्मनी पुगेकी प्रियंकाले हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटेकी छिन्। उनले मोदी संगको भेटको तस्विर ट्वीटर मार्फत शेयर गर्दै मोदीलाई आफ्नो लागि समय दिएकोमा धन्यवाद दिएकी छिन्।

प्रियंकाले ट्वीटरमा मोदी संग भेट्दाको फोटो शेयर गरेपश्चात उनको फोटो एकैछिनमा मिडियामा भाइरल बनेको छ । उनको फोटोलाई केहीले तारिफ गरेका छन भने  केहीले उनको ड्रेसअपलाई लिएर इन्ट्राग्राममा ट्रोल बनाएका छन्।  उनीहरुले प्रियंकाको ड्रेसलाई संस्कारसंग जोड्दै प्रधानमन्त्री संगको भेटमा छोटो ड्रेस लगाउन नहुने भन्दै ट्रोल गरेका छन्। यसपछि प्रियंकाले उनीहरुको जवाफमा इन्स्ट्राग्राममा आफ्नी आमा संगको तस्विर शेयर गरेकी छिन जसमा उनीहरु दुवै छोटो ड्रेसमा देखिएका छन्।

एजेन्सी