
<pre><b>जेठ, काठमाडौं। </b></pre><p>नेपाल चलचित्र संघले अमेरिका र अष्ट्रेलियामा नेपाली चलचित्र अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संघले २०१७ मा अमेरिकाको टेक्ससमा र २०१८ मा अष्ट्रेलियाको सिड्नीमा ‘नेपाल मोसन पिक्चर एसोसियसन अवार्ड’(नेम्पा) आयोजना गर्ने घोषणा गरेको हो। संघले १८ विधामा अवार्ड वितरण गर्ने र एक जनालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्ने भएको छ।<br> यसै वर्ष अमेरिकामा आयोजना हुने 'नेम्पा फिल्म अवार्ड' का लागि २०७३ सालमा प्रदर्शन भएका नेपाली चलचित्रहरुले यही जेष्ठ मसान्तसम्म नेपाल चलचित्र संघको कार्यलयमा दर्ता गरिसक्नु पर्ने बताइएको छ। यसका साथै संघले यस वर्षबाट सिने क्विज र मुभी अफ द मन्थ कार्यक्रम पनि आयोजना गर्ने भएको छ। </p>