<pre><b>जेठ, काठमाडौं</b>।<span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0); font-family: "Helvetica Neue", Helvetica, Arial, sans-serif;"> </span></pre><p> बाहुबलीको सफलता पछि बाहुबली अर्थात प्रभासको चर्चा निकैनै बढेको छ। उनको बारेमा दिनहुँ जस्तो विभिन्नखाले समाचारहरु बन्न थालेका छन्। यसैविच मिडियामा प्रभासले भारतका ठुला उधोगपतिको नातिनीसंग विवाह गर्ने खवरआएको थियो। यस बारेमा प्रभासको परिवारले यि खवरहरु हल्ला मात्रै भएको बताएका छन्। खवरअनुसार प्रभासलाई रासी सिमेन्टका चेयरम्यान भूपती राजाकी नातिनीसंगको विवाहको प्रस्ताव आएको बताइएको थियो। यस वारेमा प्रभासका परिवारले प्रभास अहिले युएसमा भएको र यु एस बाट फर्किएपश्चात आफ्नो आगामि फिल्म साहोको सुटिंगमा व्यस्त हुने जनाएका छन्। उनीहरुले अहिले प्रभासको विवाह गर्ने सोच नभएको बताएका छन्।उनी अहिले केवल काममा ध्यान दिइरहेका छन्। र उनलाई कोही उधोगपति बाट विवाहको प्रस्ताव नआएको जनाएका छन्। याद रहोस कि बाहुबलीको रिलिज पश्चात प्रभासलाई ६००० वटा विवाहको प्रस्ताव आएको थियो उनले सबैलाई अस्विकार गरेका थिए। एजेन्सी</p>