गोपिकृष्ण चापागाईं / जेठ, काठमाडौं ।

चलचित्र 'रातो घर' जेठ १९ गतेबाट देशब्यापी रुपमा प्रदर्शनमा आउदै छन् । यसैबिच बुधबार चलचित्रको बिशेष शो गरिएको छ । राजधानीको बिग मुभिजमा चलचित्रकर्मि तथा पत्रकारहरु बिच गरिएको बिशेष शो बाट राम्रो प्रतिक्रिया आएको चलचित्र युनिटले बताएको छ ।

शुरुज शुब्बा (नाल्बो) को स्क्रिप्ट तथा निर्देशनमा तयारी भएको यो चलचित्रबाट भरपुर मनोरञ्जन लिन पाएको चलचित्र हेरिसकेपछिको प्रतिक्रिया आएको थियो । बिभिन्न चलचित्रकर्मि, कलाकार तथा पत्रकारहरुले चलचित्रको सम्पुर्ण पाटो बलियो भएको र दर्शकलाई चलचित्रको समयसम्म बाँधेर राख्ने कथाबस्तु भएको प्रतिक्रिया आएको थियो ।

चलचित्र हेरिसकेपछि कस्तो प्रतिक्रिया पाउनु भो भन्ने आर्टिस्ट खबरको प्रश्नमा चलचित्रका मुख्य कलाकार विल्सन बिक्रम राई भन्छन्— ‘आज जतिले चलचित्र हेर्नु भो उहाँहरुबाट निकै नै राम्रो प्रतिक्रिया पाएको छु एकदमै खुसी छु । साथै दर्शकलाई पनि जेठ १९ मा एकपटक रातोघर हेरेर प्रतिक्रिया दिनुहोला भन्न चाहान्छु ।’

त्यस्तै चलचित्रका अर्का कलाकार गौरव पहारीले आफ्नो भुमिकालाई धेरैले मन पराएको बताए । चलचित्रभित्र आफुले निभाएको भुमिकालाई हेरेर दर्शकबाट पाएको प्रतिक्रियाबाट हौसला मिलेको गौरवले बताए । साथै अर्का कलाकार सम्यम पुरीले पनि मिश्रण प्रतिक्रिया पाएको बताए । मनोरञ्जनको बेला खुबै हाँसेको र कतिपय दृश्यले रुवाएको पनि प्रतिक्रिया पाएको उनले बताए । साथै उनले मनोरञ्जनका साथमा चलचित्रले सबैमा एक सकारात्मक सन्देश दिएको बताए ।

चलचित्र हेरिसकेपछि नायिका करिश्मा मानन्धरले स्क्रिप्ट र कलाकारहरुको उत्कृष्ट अभिनयले गर्दा चलचित्रमा हुनुपर्ने सबैकुरा भएको बताइन् । त्यस्तै किरण केसीले ‘रातो राम्रो गुलियो मिठो’ भन्दै चलचित्र निकै राम्रो भएको प्रतिक्रिया दिए । ‘नेपालमा हाँस्य कलाकारहरुले बनाएका चलचित्रलाई दर्शकले धेरै मन पराइदिनुभएको छ । यसमा पनि विल्सन बिक्रम, गौरब, संयम लगायतका कलाकारहरुको निकै राम्रो अभिनय छ त्यसैले पनि चलचित्र धेरै राम्रो बनेको छ । त्यसमाथि सुरज जीको कथा र निर्देशनले गर्दा अझ राम्रो बनेको पाइयो ।’, किरणले भने ।

त्यस्तै हाँस्य कलाकार सिताराम कट्टेलले रातो घर आफ्नै घर बनेको भन्दै सबैलाई आफ्नो रातो घर एकपटक हेर्न आग्रह गरे । अर्का हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले चलचित्रको कमेडी पाटो र सस्पेन्स पक्षले गर्दा चलचित्रले दर्शकलाई अझ मनोरञ्जन दिएको बताए ।

चलचित्रमा विल्सन बिक्रम राई, गौरव पहारी, सम्यम पुरी, मेनुका प्रधान, जितेन लामा, बिकेश श्रेष्ठ, अनुराग कुँवर, भानु प्रताप लगायतको अभिनय रहेको छ ।

Review by Artists:(Video)