जेठ, काठमाडौं ।

नायिका ऋचा शर्मा अभिनित एक म्युजीक भिडियो सार्वजनिक गरिएको छ । जसमा ऋचा एक गलैँचा उद्योगकी श्रमिक बनेकी छिन् । भिडियोमा उनले छोरि पढाउनका लागी गलैँचा उद्योगमा काम गर्नुपरेको देखाइएको छ ।

बिहिवार काठमाडौँमा याक एण्ड यति होटलमा कार्यक्रम गर्दै ूआकाशैको नौलाखे ताराू बोलको गीतको म्युजीक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा उनी गलैँचा उद्योगको प्रचार एवं प्रर्वद्धनमा जुटेकी हुन् । रियालिस्टिक चलचित्रमा काम गर्न मन पराउने ऋचाले अब म्युजिक भिडियो पनि रियालिस्टिक खालकै गर्न थालेकी छिन् । गलैँचा उद्योगमा काम गरेर नेपालमै मनग्य आम्दानी गर्न सकिन्छ् भन्ने सन्देश 'आकाशैको नौलाखे' ताराले दिएको छ ।

म्युजिक भिडियोमा ऋचा विवाहित महिलाको भूमिका छिन् । भिडियोमा उनको एक छोरि पनि देखाईएको छ । ऋचाको श्रीमान बनेर रंगमञ्चका चर्चित कलाकार टिकाभक्त जिरेलले साथ दिएका छन् । गितले रोमान्टिक शैलीमा गलैँचा उद्योगको महत्व र आवश्यकतालाई चित्रण गरेको छ ।

भिडियोका निर्देशक छिरिंगरितार शेर्पाले भिडियोको बिषयमा बोल्दै जीवनका वास्तविक पात्रको कथालाई पर्दामा उतार्न पाउदा निकै खुसी लागेको बताएका थिए । म्युजिक भिडियोको निर्माण लेवल स्टेप नामक एक अन्तराष्ट्रिय फेयर ट्रेड संस्थाले गरेको हो। नायीका ऋचा शर्माको नयाँ चलचित्र आधालभ आगामी जेठ २६ गतेदेखि रिलिज हुँदैछ । ऋचाले लुट, टलकजंग भर्सेस टुल्के, फस्ट लभ, मेरो लभ स्टोरी लगायत दर्जन बढि हिट चलचित्र दिएकी छिन् ।