
<pre><b>जेठ, काठमाडौं। </b></pre><p>एउटै घर भित्र सबै चलचित्रका सिनहरु खिचेर बनाइएको कारण प्रतिक्षित बनेको चलचित्र 'मन्दिरा'को गीत सार्वजनिक भएको छ।विहिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले चलचित्रको 'सम्हालुँ कसरी…' बोलको गीत सार्वजनिक गरेको हो। दिपेश सापकोटाको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रमा नरेन खड्का, बिनि पोखरेली, जे.बि.डि.सी, लक्ष्मी बस्नेत, प्रवन भुसाल, बिनिता ओली, राजन ढुंगाना लगायतको मुख्य भूमिका छ ।प्रेम बदला सस्पेन्स जनरामा बनेको यस चलचित्रलाई करुणा अर्याल र उज्वल अर्यालले निर्माण गरेका हुन्। यो चलचित्र असार २३ गते बाट प्रर्दशनमा आउने भएको छ।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/R_XcMBHgH6E" width="640" height="360" class="note-video-clip"></iframe> </p>