जेठ, काठमाडौं।

विभिन्न स्थानहरुमा सांगीतिक कार्यक्रम हरु गरेर प्राप्त रकम समाज सेवामा लगाउँदै आएका गायक हेमन मोक्तानले हालै सिन्धुलीको एक विद्यालयमा सहयोग गरेका छन्। उनले आफ्नो हेमन मोक्तान फाउण्डेशन खोलेर ‘अध्यारोबाट उज्यालोतिरको यात्रा’नामक शिक्षाका लागि साङ्गीतिक अभियान पनि थालेका छन्। यसै अभियान अन्तर्गत हेमनले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा १० थान कम्प्युटर हस्तान्तरण सहयोग गरेका हुन्।

केही समयअघि युएईमा एक महिने साङ्गीतिक कार्यक्रम गरेर फर्किएका उनले सोही कार्यक्रम बाट संकलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरेको जानकारी दिएका छन्। सहयोग हस्तान्तरण गर्दै हेमनले आगामी दिनमा पनि विद्यालयको शैक्षिक उन्नतिका लागि आफुले सहयोग गर्दै जाने बताएका छन् ।