‘भूईंमान्छे’मा मान्छेको लाससँग खेल्छन् रमेश वुढाथोकी

जेठ, काठमाडौं ।

चलचित्र ‘भूईमान्छे’ को टिमले आफ्नो चलचित्रले अहिलेसम्मकै फरक बिषय उठाएको बताएको छ । नेपाली चलचित्रको इतिहासमा बिल्कुलै फरक कथालाई ल्याएको बताएको यो चलचित्रमा पोष्टमार्टम गर्नेको कथामा आधारीत छ । शुक्रबार राजधानीमा आयोजीत पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार रमेश बुढाथोकीले चलचित्रमा आँफु मरेको मान्छेको लाससँग खेल्ने बताएका थिए  । मुर्दा घरमा काम गर्ने एक मानिसको कथामा यो चलचित्र बनेको हो ।

'मैले चलचित्रको इतिहासमा धेरैमा काम गरेको छु तर यस्तो फरक कथाको चलचित्रमा काम गरेको थिइन । मैले चलचित्रमा मान्छेको लाससँग खेलेको हुन्छु । बिल्कुलै फरक कथा छ र यो चलचित्रमा खेल्नुमेरा लागी पनि निकै चुनौतीको काम थियो ।', रमेशले भने । साथै चलचित्रले आफ्नो प्रदर्शन मिति पनि तय गरेको छ । चलचित्र साउन २० गतेबाट रिलिज हुनेछ । पत्रकार सम्मेलनमा चलचित्रको टिजर पनि देखाइएको थियो ।

नवराज वुढाथोकीले निर्देशन गरेको यो चलचित्रमा रमेश बुढाथोकीको साथमा सिपोरा गुरुङ, साहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रका कार्यकारी निर्माता रोहिनी भट्टराइ हुन् ।