
<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">यसबर्षको मिस नेपालको उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकले जितेकी छिन् । सन् २०१७ को मिस नेपालमा अन्य १८ जना प्रतिपर्धिलाई पछि पार्दै नीकिताले उपाधि हात पारेकी हुन् । मिस नेपालको फाईनल कार्यक्रम राजधानीको होटल अन्नपुर्णमा आयोजना भएको थियो । </p><p style="text-align: justify; ">यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।</p><p style="text-align: justify; ">नीकिताले अब ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । </p>