जेठ, काठमाडौं ।

बिभिन्न सामाजिक कार्यमा सक्रिए हुँदै आएको ‘धुर्मुस—सुन्तली फाउण्डेशन’ ले फेरी नयाँ प्रोजेक्टको घोषणा गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रममा बिच ‘नमुना नेपाल’ नाम दिइएको नयाँ प्रोजेक्टको घोषणा गरियो । ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर अगाडी बढेको यो महत्वाकांक्षी प्रोजेक्टमा सम्पुर्ण नेपाल नै अट्नेछ । नेपालका सम्पुर्ण ठाउँमा बिशेष स्थान, धर्म तथा रितिरिवाज लगायतका कुराहरु यस नमुना नेपालमा पाइनेछ ।

५ सयदेखि १ हजार रोपनी जग्गामा ‘नमुना नेपाल’ निर्माण हुने फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । ‘सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल, यो ऐतिहासिक र राष्ट्रिय गौरवको परियोजना तपाईहरुको साथ र सहयोग बिना सम्भव छैन् । ‘नमुना नेपाल’ हाम्रो सबैभन्दा ठूलो परियोजना र नेपाल चिनाउने अभियान समेत हो ।’, धुर्मुसले भने ।

सितारामका अनुसार, हरेक नेपालीले २ सयका दरले सहयोग गरेपनि ‘नमुना नेपाल’ निर्माणका लागि ६ अर्ब उठ्नेछ । उनी अगाडि भन्छन्, ‘विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’

त्यस्तै, फाउन्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले ‘नमुना नेपाल’ले सिंगो देश नेपाललाई जोड्ने बताइन् । उनले भनिन्, ‘सम्पूर्ण जातजाती, धर्म संस्कृती र रीति९रिवाजको साझा फूलवारी हो ‘नमुना नेपाल’ । यो अभियानमा सम्पूर्णको सहयोग मिल्नेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौं ।’

‘नमुना नेपाल’ को कम्पाउन्ड भित्र सम्पूर्ण जातजातीहरुको सांस्कृतिक प्रतिनिधित्व हुने गरि पीडित परिवारहरुको एकिकृत बसोबास, विभिन्न धर्म संस्कृतिका भिन्न९भिन्नै केन्द्रहरु, सम्पूर्ण नेपालको पहिचान झल्कने राष्ट्रिय संग्रालय, भूकम्पले भत्काएको धरहराको सम्झनामा आकर्षक धरहर भ्यू टावर, हिमाल तराई र पहाड जोड्ने मनोरञ्जनात्मक मिनी रेल सेवा, खेल मैदान, विद्यालय, सामुदायिक भवन, अतिथी गृह, चमेना गृह र स्वास्थ्य केन्द्र रहनेछन् ।

Video: