सलमानले ल्याए ह्युमन ई साइकल, अब स्मार्टफोन ल्याउने तयारीमा

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>सुपरस्टार सलमान खानले विश्व वातावरण दिवसको अवसर पारेर सोमबार आफ्नो ब्रान्ड बिइंग ह्युमनको तर्फबाट इलेक्ट्रिक साइकल लन्च गरेका छन्। सलमानले ट्वीटर मार्फत साइकलको भिडियो सेयर गरेका छन्। उनले ल्याएका दुईवटा डिजाइनका बीइंग &nbsp;ह्युमन ई साइकलहरु चार रंगमा उपलब्ध छन्। यि साइकल हरु केही महिना पछि बिक्री हुने बताइएको छ। &nbsp;मीडिया संग कुरा गर्दै सलमानले बताएका छन्- 'जब मानिसलाई लामो यात्रा गर्न पर्ने हुन्छ तब उनीहरु साइकल बाट यात्रा गर्ने कहिल्यै सोच्दैनन तर यो साइकल चलाउन सजिलो र रिचार्जेबल मोटर सिस्टम भएकाले जहाँपनि चलाउन सजिलो हुन्छ्।'<br>&nbsp;यसका साथै उनले अब स्मार्ट फोन लन्च गर्ने योजना बनाएको बताएका छन्। यसका लागि उनले आफ्नो व्यक्तिगत लगानी गर्ने बताएका छन्। र गत वर्ष पनि सलमानले आफ्ना फ्यानहरुका लागि नयाँ एप बिइंग इन टच एप लन्च गरेका थिए। उक्त एपको सहायताले फ्यानहरु सलमान संग जोडिन सक्नेछन्। र सलमान संग जोडिएका हरेक कुरा हरु जान्न सक्नेछन्। </p><p><img src="http://artistkhabar.com/uploads/posts/f70bc517269424069a4304a39ca37e7b1496732466.jpeg" style="width: 748px;">&nbsp;एजेन्सी</p>