जेठ, काठमाडौं।

बिभिन्न सामाजिक कार्यमा सक्रिए हुँदै आएको ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले फेरी नयाँ प्रोजेक्टको घोषणा गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रममा बिच ‘नमुना नेपाल’ नाम दिइएको नयाँ प्रोजेक्टको घोषणा गरिएको छ । ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर अगाडी बढेको यो महत्वाकांक्षी प्रोजेक्टमा सम्पुर्ण नेपाल नै अट्नेछ । नेपालका सम्पुर्ण ठाउँमा बिशेष स्थान, धर्म तथा रितिरिवाज लगायतका कुराहरु यस नमुना नेपालमा पाइनेछ ।

उनीहरुको यस्तो योजनामा धेरै कलाकारहरुले साथ दिएका छन्। यसैबिच हामीले केही कलाकारको साथमा यस प्रोजेक्टको विषयमा कुराकानी गरेका छौं। यस्तैमा कलाकार पल्पसा डंगोल (चम्सुरी) भन्छिन्-

''मेरो विचारमा त यो सम्भव छ। म उनीहरुसंग पहिलो वस्ती बाटै जोडिएको छु। उनीहरुले पहिलो पटक पनि सहयोग नआएनि घर बेचेर भएपनि बस्ती बनाउने भनेर अगाडि बढेका थिए र घर पनि बेच्नु परेन र उनीहरुको एक्लै आँट गरेर सफल पनि भएका छन्। धुर्मुस सुन्तली तथा धुर्मुस सुन्तली फाउन्डेसनलाई अब देश विदेशका सारा नेपाली ले विश्वास गरिसकेका छन्। र यसका लागि सबैले सहयोग गर्छन जस्तो लाग्छ।नमुना नेपाल त नेपाललाई चिनाउने चिज हो। सरकारले जग्गा दियो भने यो सम्भव छ हामी पनि उनीहरुको साथमा छौ । सहयोग नआएपनि देशविदेशमा प्रोग्राम हरु गरेर या विभिन्न च्यारिटी शो गरेर भएपनि जसरी पनि यो बनाउनु पर्छ। सरकारको तर्फ बाट पनि सहयोग त हुनुपर्ने हो यदि नगरेपनि जसरी हुन्छ यो कार्य सफल गराउनै पर्छ। र धुर्मुस सुन्तलीले गरेर देखाउनेछन्''।