जेठ, काठमाडौं।

बलिउड तथा हलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एक्ट्रेस प्रियंका चोपडा यतिवेला सुपरस्टारको दर्जामा चिनिन्छिन्। अन्तर्रााष्ट्रिय जगतमा आफ्नो स्थान बनाएकी उनको जिवनमा यस्तो पनि समय थियो जतिवेला उनले आत्महत्या गर्ने कोशिस पनि गरेकी थिईन्। त्यो पनि एक पटक नभएर तिन तिन पटक।

यो त्यति वेलाको कुरा हो जतिवेला प्रियंका आफ्नो करियर बनाउने संघर्ष गरिरहेकी थिईन्।र फिल्ममा आएकी पनि थिइनन्। उनी त्यतीवेला असीम मर्चेंटको साथमा रिलेशनशिपमा थिईन। उनीहरु विच राम्रै चलिरहेको थियो। तर २००२ मा यस्तो घटना घट्यो कि प्रियंका तनावमा आएर सुसाइड गर्ने स्थितिमा पुगेकी थिईन्। भारतीय मिडियाका अनुसार २००२ मा असीमको आमाको मृत्यु भएको थियो र प्रियंका उनीसंग यति नजिक थिईन कि यो दुख सहन नसकेर उनले अपार्टमेन्ट बाट हाम्फालेर सुसाइड गर्ने कोशिस गरेकी थिइन्। प्रियंकाको म्यानेजर रहेका प्रकाश जाजुले यस कुराको खुलासा गरेका हुन्। उनले ट्वीट मार्फत आज प्रियंका राम्रो स्थानमा भएपनि कुनै समयमा प्रियंकाले २ ३ पटक सुसाइड गर्ने कोशिस गरेको र आफुले बचाएको बताएका थिए। हुनत यतिवेला प्रियंका र प्रकाशको सम्बन्ध राम्रो छैन। २००२ मा प्रियंकाले प्रकाशसंगको सम्झैता रद्द गरेपछि उनीहरु विच सम्बन्ध खस्किएको थियो। ुर आफ्नो पहिचान बनाउने प्रयासमा थिईन। जे भएपनि प्रियंकाको सुसाइडको कुरा भने निकैनै अचम्मित छ। आज सबको लागि आदर्शको पात्र बनेकी उनी कुनै समयमा प्रेमीको आमाका लागि आत्महत्या गर्न खोजेकी थिइन भन्ने सुन्दा सबैलाई अचम्म लाग्न सक्छ। एजेन्सी