‘इन्डियन भएकाले हलिउडमा मेन रोल गर्न दिइँदैन’ -प्रियंका

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>बलिउड एक्ट्रेस प्रियंका चोपडाले अभिनय गरेको &nbsp;हलिउड फिल्म 'बेवाच' यतिवेला प्रर्दशन भइरहेको छ। र 'वेवाच' पछि अन्य हलिउड फिल्मका लागि पनि उनको कुरा भइरहेको छ। यसैविच हालै उनले भारतीय मिडियासंगको &nbsp;एक अन्तरवार्ताको क्रममा भने हलिउडमा भारतीय कलाकारलाई पक्षपात गरिने कुरा खुलाएकी छिन्।&nbsp;</p><p>हलिउडमा भारतीय कलाकारको उपस्थितीको बारेमा प्रियंकाले&nbsp;&nbsp;भनेकी छिन्- ' हलीउड फिल्ममा भारतीय कलाकारले कैयौं रोल प्ले गरेका छन् जसले पुरानो विचारलाई तोड्ने काम गरेको छ। तैपनि उनीहरुलाई अगाडि बढेर आफ्नो लागि राम्रो रोल माग गर्न दिईदैन्। हामीलाई संधैभरी राम्रो रोल मिल्छ भन्ने छैन्। मेरो साथमा पनि यस्तै भएको छ। मलाई कैयौं पटक म भारतीय भएकाले हलिउडमा मेन रोल गर्नका लागि फिट नहुने बताइएको छ। मलाई थाहा छैन किन यस्तो गरिन्छ तर हामीले यो कुरा बदल्नु जरुरी छ'। &nbsp;</p>