विरगञ्जको चर्को घाममा कसरत गर्दै प्रियंका र सौगात

जेठ, काठमाडौं।

पछिल्लो समय निकैनै चर्चित बनेकी नायिका प्रियंका कार्की यतिवेला विरगञ्जमा छिन्। प्रियंका र नायक सौगात मल्लको मुख्य भुमिका रहेको चलचित्र फाटेको जुत्ताको यतिवेला छायांकन भइरहेको छ। विरगञ्जमा यतिवेला गर्मी बढेर ४० डिग्री तापक्रम पुग्दा पनि चलचित्र निर्माण पक्ष कसरतका साथ चलचित्रको सुटिंग गरिरहेको छ।

यसैविच निर्माण पक्षले आईतबार ७ सय दर्शकहरुको भीड जम्मा गरेर चलचित्रको एक सिनको छायांकन गरेको छ। चलचित्रमा समावेश गाउँमा रामलिलाको नाटकको लागि यति धेरै क्राउड भेला गरेर चलचित्र खिचिएको हो। चलचित्रका निर्माता अर्जुन कुमारले ७ सय दर्शकहरुको भिड जम्मा गर्नु चुनौतीपूर्ण भएको भन्दै आफु त्यसका लागि सफल भएको बताएका छन्। साथै उनले चर्को घामका बाबजुद पनि कलाकारहरुले चलचित्र राम्रो बनाउनका लागि कडा मेहनत गरिरहेको बताएका छन्। निकेश खड्काको निर्देशन मा बनिरहेको यस चलचित्र कार्तिक १७ गतेबाट देशभर प्रर्दशनमा आउने बताइएको छ। चलचित्रको ५५ प्रतिशत छायाँकन सकिसकेको बताइएको छ।