
<pre><b>जेठ, काठमाडौं। </b></pre><p>पछिल्लो समय नेपाली दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र हो 'प्रेमगीत २'। साउन १३ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको यस चलचित्रले हालै चलचित्रको तेस्रो गीत सार्वजनिक गरेको छ। सार्वजनिक बिस्तारै बिस्तारै बोलको गीतमा नायक प्रदीप खड्का र डेब्यू नायिका अश्लेषा ठकुरीलाई देख्न सकिन्छ्। गीतको भिडियोमा रारा तालको मनमोहक दृश्यलाई देखाएको छ। रोहितजोन क्षेत्रीको शब्द, संगीत र स्वर रहेको यस गीतमा प्रदीप र अश्लेषाको केमेष्ट्री देख्न सकिन्छ्। </p><p>आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएकोयस चलचित्रलाई रामशरण पाठकले निर्देशन तथा सन्तोष सेनले निर्माण गरेका हुन् । </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/ylf6Tx7sI8I" width="640" height="360" class="note-video-clip"></iframe><br></p>