
<pre style="text-align: justify; "><b>जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">यसबर्ष (०७४) को हरितालिका तीज आउन अझै दुई महिना बाँकी छ तर कलाकारहरुले अहिलबाट नै तिजगीतको रेकर्ड र छायांकन गर्न थालिसकेका छन् भने कति सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् । यसैबिच एक म्युजीक भिडियो सार्वजनिक भएको छ जसलाई तिज गीत भनेर शिर्षक दिइएको छ । तर तिज गीत कुनैपनि तरिकाले देखिदैन ।</p><p style="text-align: justify; ">नव गायक प्रबिण थापाले गाएको बाबा भन्छे यार बोलको गीत युट्युवमा सार्वजनिक गरिए सँगै शिर्षकमा तिज डान्स संग २०७४ लेखिएको छ तर भिडियो भित्र कहिँपनि तिज गीत भनेर लेखिएको पाइँदैन । त्यसैले पनि प्रष्ट हुन्छ कि दर्शकको आँखामा छारो हाल्ने काम गरिएको छ । गितमा प्रबिण थापा र कबिता खनालको स्वर छ । बिक्रम दाहालको निर्देशन गरेको यो गीतको भिडियोमा चन्दा दाहाल र मिलन शंकरको नृत्य देखिन्छ । </p><p style="text-align: justify; ">पछिल्लो समय युट्युवमा सामाग्री एक र शिर्षक फरक गर्दा पनि युट्युव प्रयोगकर्ताहरु झुक्किने गरेका छन् ।</p><pre style="text-align: justify; ">Video:
<iframe frameborder="0" src="//www.youtube.com/embed/rCwOf0xq2u8" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>