‘छक्का पंजा २’ मा आधुनिक गेटअपमा वर्षा

...

<pre><b>जेठ, काठमाडौं।&nbsp;</b></pre><p>गत वर्ष सफल चलचित्र 'छक्का पंजा'को सिक्वेलको रुपमा बन्दै गरेको चलचित्र 'छक्का पंजा२' को आज बाट छायांकन सकिने भएको छ। चलचित्रको एउटा गीत असार ५ गते छायांकन गरिने बताउँदै निर्माण पक्षले चलचित्रको छायांकन सकिएको जनाएको छ। यस अघि चलचित्रमा नायिका प्रियंका कार्कीको भुमिका कस्तो रहने भन्ने सबैले थाहा पाइसकेका छन्। यसैविच चलचित्रकी अर्की नायिका वर्षा राउतले चलचित्रमा रहेको आफ्नो भुमिका सार्वजनिक गरेकी छिन्।<br>यस अघिको चलचित्रमा गाउँकी सोझी &nbsp;केटीको रुपमा अभिनय गरेकी वर्षाले छक्का पंजा २ मा भने आधुनिक केटीको भुमिका निभाएकी छिन्। वर्षाले फेसबुक मार्फत चलचित्रमा आफनो गेटअपको तस्विर शेयर गरेकी छिन्। तर यसरी नायिका हरुले चलचित्रको भुमिका सार्वजनिक गर्दा निर्देशक दिपाश्री निरौला भने चिन्तित छिन्। उनी छायांकनको क्रममा कलाकारहरुको गेटअप नबाहिरियोस भन्ने चाहन्थिन तर नायिका तथा अन्य कलाकारहरुले नै चलचित्रमा आफ्नो गेटअप सार्वजनिक गरेका छन्। फेसबुकमा&nbsp;&nbsp;तस्विर&nbsp;नहाल भनेपनि कलाकारहरुले नमानेको भन्दै दिपाश्रीले अब बनाउने चलचित्रमा भने पहिल्यै फोटो सार्वजनिक नपाउने शर्त राख्ने जनाएकी छिन्।&nbsp;</p><p>&nbsp;असोज ११ गतेबाट प्रर्दशनमा आउने भनिएको यस चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, किरण केसी, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल लगायतका हरुको &nbsp;अभिनय रहेको छ।&nbsp;</p>