
<pre><b>जेठ, काठमाडौं। </b></pre><p style="text-align: justify; "> यस वर्षको तिहारमा चलचित्रहरुको राम्रै संग भिडन्त हुने भएको छ। अहिले सम्म तिहारमा तिन चलचित्रहरुले आफ्नो प्रर्दशन मिति तय गरेका छन्। तिहारको समयमा प्रर्दशन हुने चलचित्रहरुमा रेखा थापा र आर्यनको रुद्रप्रिया अनमोल स्टारर कृ रमेश उप्रेतीको निर्माणमा बनेको ऐश्वर्या परेको छ। रमेश उप्रेतीले तिहारलाई लक्षित गर्दै आफ्नो चलचित्र काग तिहारको दिन कार्तिक १ बाट प्रर्दशनमा आउने घोषणा गरेका छन् भने रेखाको चलचित्र त्यसको दोस्रो दिन बाट लाग्ने भएको छ। र अनमोल को कृ कार्तिक ३ गते बाट रिलिज हुने बताइएको छ। यसअघि चलचित्र ऐश्वर्या दशैँमा आउने बताइएको थियो तर दशैंमा छक्का पंजा २ लाग्ने भएपछि रमेशले कार्तिक १ गतेलाई फाईनल गरेको बताएका छन्। </p><p style="text-align: justify; ">दिवाकर भट्टराईको निर्देशनमा बनेको यस चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।रेखाको रुद्रप्रिया र अनमोलको कृ प्रर्दशनमा आउने हुनाले पनि रमेशको यो चलचित्रले प्रर्दशन मिति सार्ने हो कि भन्ने चर्चा पनि यतिवेला सिनेजगतमा चल्न थालेको छ। तर निर्माता रमेशले भने चलचित्रको प्रर्दशन मिति नसार्ने बताएका छन्। उनले आफ्नो चलचित्र रिलिज गर्न सबै स्वतन्त्र रहेको बताउँदै ऐश्वर्या कार्तिक १ गतेनै रिलिज हुने जनाएका छन्। अब रमेशको रेखा र अनमोल संगको चलचित्रको टक्कर कस्तो रहनेछ त्यो भने चलचित्र लागेपछि नै थाहा हुनेछ। </p>