
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> चर्चित टेलिश्रृंखला जिरेखुर्सानी का हाँस्यकलाकार मुन्द्रे (जितु नेपाल)को आज जन्मदिन परेको छ। उनी आज असार १ बाट ४२ वर्ष लागेका छन्। घरपरिवार र आफन्तजनसँगको आर्शिवाद लिएर जन्मदिन मनाउँदै गरेका उनले चलचित्र छक्का पंजा टिमसंग भने एकदिन अगाडि अर्थात हिजोनै जन्मदिन मनाएका थिए। </p><p style="text-align: justify; "> करिब तिन दर्जन चलचित्रमा अभिनय गरिसकेका जितु करिब २४ वर्ष देखि यो क्षेत्रमा सक्रिय छन्। साथै पछिल्लो समय चलचित्र छक्कापंजा२को काम मा व्यस्त छन्। यस चलचित्रमा उनको पनि लगानी रहेको छ। यस अघिका चलचित्र ‘छ एकान छ’, ‘वडा नंवर ६’, ‘छक्का पन्जा’ पनि जितुको अभिनयको साथै लगानी पनि रहेको थियो। जितुलाई आर्टिष्ट खवरको तर्फबाट जन्मदिनको शुभकामना</p>