असार, काठमाडौं ।

चलचित्र ‘द मंगोलिनय हाट’ को बिशेष शो गरिएको छ । बागबजार स्थित सिटीम्याक्स चलचित्र भवनमा गरिएको शोमा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो । प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको च्यारेटीमा सहभागी दर्शकले चलचित्र राम्रो बनेको र बिषयबस्तुले मन छोएको प्रतिक्रिया दिएको निर्देशक एलआर लामाले बताए । ‘द मंगोलिनय हाट’मा रोसनी ब्लोन, आरएल लामा, प्रतिक्षा खड्का, धिरन शाक्य, सुसिल पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायतको अभिनय रहेको छ ।

आरएल फिल्म इन्टरटेन्टमेन्टको ब्यानरमा एलआर लामाको कथा, लेखन तथा निर्देशन रहेको चलचित्र खड्ग लामा मोक्तानको प्रस्तुति निर्माण भएको हो । देबिका खड्का र माया लामाले निर्माण सहकार्य गरेको चलचित्रमा अम्रित र रिमेशको संगीत ,शंकर महर्जनको द्धन्द्ध , रामेस्वर हुमागाइको छायाँकन रहेको छ । चलचित्रले अन्र्तजातिका प्रेमकथा उठाएको छ । चलचित्रमा एक्सन र रोमान्स भरपुर रहेको निर्माण युनिटले जानकारी दिएको छ ।

कार्यक्रममा कलाकार दिनेश शर्मा, पत्रकार शान्ति प्रिय, कृष्ण भुषाल, लक्ष्मण सुवेदी, कुबेर गिरी लगायतलाई सम्मान गरिएको थियो । बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले प्रमाण पत्र तथा खादाले सबैलाई सम्मान गरे । निर्देशक एलआर लामाको जन्मदिनको केक समेत काटिएको कार्यक्रममा सहित चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्देशक राजु लामाले बताए ।