असार, काठमाडौं ।

गायक सिमानत सन्तोषले जन्मदिनमा वियोगान्तक गीत लिएर आएका छन् । सन्तोषको ‘छुटाइ गयौ किन कुन्नी, दुई मुटुको नातालाई…’ सार्वजनिक भएको हो । आफ्नो जन्मदिनको अवसरमा गत बिहिबार युट्युव मार्फत सार्वजनिक गीतलाई ओमनाथ कडेरियाले लेखेका हुन् भने कम्पोज सन्तोषकै रहेको छ ।

पूर्वको छापाबाट गायन क्षेत्रमा होमिएका गायक सिमान्त सन्तोषले स्टेजमा बिभिन्न राजनीतिज्ञहरुका साथै चर्चित कलाकारहरुको क्यारिकेचर पनि गर्ने गर्छन् । गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् । सिमान्त छिट्टै नै ‘दुर्गाले मुर्गा बनाई…’ , ‘जहाँ छौ प्रिय तिमी…’ जस्ता गीत स्रोता–दर्शकमाझ ल्याउने तयारीमा छन् । आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ…’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।

नेपाल तथा भारतका बिभिन्न स्थानमा थुप्रै स्टेज प्रस्तुती दिएका उनका थुप्रै गीत मध्ये ‘तिमी पुजाकी थालि हौ…’, ‘हेरिदेउन छड्के छड्के…’, जस्ता गीत बढी रोजाईका गीत बनेका छन् । ‘कलाकारिता क्षेत्रमै रहेर देशका लागि केही गर्न सकिन्छ भन्ने उद्देश्यले यो क्षेत्रमा आएका हुँ, मान्छे जन्मेको मर्न र प्रकृतिको नियमित प्रक्रिया पुरा गर्न मात्रै हैन मानव भएपछि कुनै बिशिस्ट कार्य गर्न एउटा कुनै क्षेत्र चाहिन्छ त्यो क्षेत्र मैले कलाकारितालाई रोजे’ भन्छन् सन्तोष ।

Video: