
<pre><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; "> बलिउड स्टार शाहरुख खानको छोरा आर्यन यतिवेला फिल्म मेकिंग तथा एक्टिंग सिकिरहेका छन्। यसैविच शाहरुखले हालै आफ्नो छोरा आर्यनको बारेमा यस्तो सवाल गरेका छन्। जसलाई सुनेर तपाईमा अचम्म पर्न सक्नुहुन्छ्। भारतीय मिडियाका अनुसार हालै शाहरुखले एक अन्तरवार्ताको क्रममा भनेका छन्-' यदि आर्यनले कोही केटीलाई किस गरे भने उसको ओठ काटिदिनेछु' । यस अघि पनि उनले छोरी सुहानालाई लिएर भनेका थिए कि यदि कुनै केटा उनको छोरी लाई किस गर्ने कोसिस गर्छ भने त्यसको ओठ काटिदिनेछु। </p><p style="text-align: justify; ">उनले बताएका छन् उनी आफ्ना सन्तानहरुलाई लिएर निकैनै भावुक छन्। उनीहरुको बारेमा उनी धेरैनै सोच्ने गर्छन तर आफुलाई उनीहरुको संरक्षक मान्दैनन्। उनका अनुसार -हामी आफ्ना सन्तानलाई प्रोटेक्ट गर्न सक्छौं तर उनीहरुको जिन्दगी चलाउन सक्दैनौं। आर्यनको बारेमा बताउँदै शाहरुखले भनेका छन -'हामी एक अर्काको लागि साथी जस्तो छौं। आर्यन बलिउडमा ठुलो स्टार बन्न चाहन्छ जसका लागि उ मेहनत गरिरहेको छ।' एजेन्सी</p>