
<pre><b>असार, काठमाडौं।</b></pre><p style="text-align: justify; "> यतिवेला दर्शकहरुमाझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'प्रेमगीत २' को चर्चा सिनेनगरीमा निकैनै भइरहेको छ। हालै सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले पनि दर्शकहरुको राम्रो साथ पाएको छ। युट्युबमा सार्वजनिक भएको दुई दिनमै ट्रेलरलाई ३ लाख भन्दा बढी दर्शकहरुले हेरिसकेका छन्। यतिवेला चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिंगमा दोस्रो स्थानमा पर्न सफल भएको छ। </p><p style="text-align: justify; ">प्रेम एक्शन तथा सस्पेन्स जनरामा बनेको यस चलचित्रको ट्रेलर पनि निकै उत्कृष्ट बनेको छ। नेपाल, थाइल्याण्ड र म्यानमारमा खिचिएिको चलचित्रको ट्रेलरमा रारा ताल तथा म्यानमार र थाइल्यान्डका विभिन्न मनोरम दृश्यहरु पनि अटाएका छन्। प्रदीप खड्का र अश्लेषा ठकुरीको मूख्य भुमिका रहेको यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा निर्माता सन्तोष सेनको खलनायक भुमिका देख्न सकिन्छ्। </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/XhT1J147hKk" width="640" height="360" class="note-video-clip"></iframe><br></p>