
<pre><b>असार, काठमाडौं। </b></pre><p> एक्शन नायक निखिल उप्रेती स्टारर चलचित्र रुद्रको पहिलो गीत सार्वजनिक भएको छ। 'आई एम च्याङ्ग्वा' बोलको तामाङ शेलो गीतमा नायक निखिलले पहिलो पटक संगीत भरेका छन्। जगदिश्वर थापाको शब्द रहेको यस गीतमा शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको आवाज रहेको छ। गीतमा चलचित्रका मुख्य कलाकार विश्व शर्मा तथा सारा फिचरिंग भएका छन्। </p><p>एक्शन तथा लभस्टोरीमा आभारित चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन्। साउन १३ गते बाट प्रर्दशनमा आउने तयारीमा रहेको यस चलचित्रमा निखिल, विश्व, साराका साथै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायत कलाकारको अभिनय रहेको छ । </p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/NY6zh118s2Y" width="640" height="360" class="note-video-clip"></iframe><br></p>