आर्टिस्ट खबर/ असार, काठमाडौं ।
बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । ऐतिहासिक र धार्मिक महत्व बोकेको चन्द्रागिरी हिल्सको प्रचार प्रसारमा अब महजोडी लाग्नेछन् । बुधबार चन्द्रागिरी हिल्सकै कार्यक्रमहल भित्र एक भब्य कार्यक्रमका बिच चन्द्रागिरी हिल्सको प्रबद्र्धनात्मक भिडियो सार्वजनिक पनि गरियो । सोहि कार्यक्रममा महजोडीलाई चन्द्रागिरी हिल्सको ब्राण्ड एम्बेस्डर बनाइएको जानकारी पनि गराइयो ।
प्रवद्धनमाथी बनेको टेलिभिजन विज्ञापन भिडियोमा महजोडीको साथमा कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाले पनि अभिनय गरेका छन् । दिनेश डीसीको निर्देशन तथा परिकल्पना रहेको सो भिडियोमा बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको पनि अभिनय रहेको छ ।
विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कार्यक्रममा बोल्दै चन्द्रागिरी जस्तो इतिहासबोकेको पर्यटकिय ठाउँको बिज्ञापनमा कामगर्न पाउदा खुसी लागेको बताए । साथै हरिवंशले चन्द्रागिरीलाई काठमाडौंको टोपिको संज्ञा पनि दिए । उनले काठमाडौंमा घुम्ने ठाउँ छैन भन्नेहरुका लागी यो काठमाडौंको शिर भएको बताएका हुन् ।
साथै दिपकराज गिरी र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफूहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । त्यसमाथि पनि महजोडी जस्तो बरिष्ठ कलाकारहरुसँग काम गर्न पाउदा आफुहरुलाई निकै लागेको पनि बताए ।
प्रवर्द्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका ख्यातीप्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए भने संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पुर्यालउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जनागर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे । संचालक अम्बिका प्रसाद पौडेलले स्वागत मन्तब्य सहित चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका थिए ।
Program Video: