<pre><b>बर्थडे स्पेशल/</b><b>असार, काठमाडौं। </b></pre><p style="text-align: justify; ">बलिउडकी चर्चित एक्ट्रेस करिश्मा कपुर आज आफ्नो ४३औं जन्मदिन मनाउँदैछिन्। बलिउडमा कडा परिश्रमका साथ आफ्नो अलग पहिचान बनाएकी करिश्मा विवाह पछि भने बलिउडबाट अलि पछाडि परेकी थिईन्। २५ जून १९७४ मा मुंबई मा जन्मीएकी करिश्माले २००३ मा विजनेशम्यान संजय कपूर संग विवाह गरेकी थिईन्। संजय संग विवाह गर्नु भन्दा अघि करिश्माले एक्टर अभिषेक बच्चन संग इन्गेजमेन्ट गरेकी थिईन्। तर पछि दुवैले सम्बन्ध तोडिदिएका थिए। र करिश्माले संजय संग विवाह गरेकी थिईन्। यो करिश्माको पहिलो तर संजयको भने दोस्रो विवाह थियो।संजयसंग को विवाह पछि करिश्माले फिल्म खेल्न छोडिदिईन्। तर दुई सन्तान को जन्म पछि उनीहरु विच २०१६मा सम्बन्ध विच्छेद भएको थियो। </p><p style="text-align: justify; ">करिश्मा संगको विच्छेद पछि संजयले अर्को विवाह गरिसकेका छन्। करिश्मा पनि यतिवेला नयाँ प्रेमी संगको सम्बन्धले चर्चामा छिन्। भारतीय मिडियाका अनुसार करिश्मा यतिवेला संदीप तोशनीवाल संगको प्रेम सम्बन्धमा छिन्। विभिन्न प्रोग्राम तथा इभेन्टहरुमा करिश्मा र संदीप एकसाथ देखिने गर्छन्। र बताइएअनुसार उनीहरु छिट्टैनै विवाह गर्ने तरखरमा छन्। एजेन्सी</p>