असार, काठमाडौं।

सौन्दर्य प्रतियोगीता आयोजनामा अन्तर्राष्ट्रिय छवी बनाउन सफल एक्सपोज नेपालले अब फेरि एकै मन्चमा एकसाथ तीन सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । एक्सपोजले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्न लागेको हो ।

आइतबार एक बिज्ञप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन समेत खुल्ला गरेको छ ।सुन्दरी छनौट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता गर्दै आएको एक्सपोजका यी तीन प्रतियोगीतामा युवायुवती देखि बिवाहित महिलासम्मले भाग लिन पाउनेछन् ।

तीन मध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले भाग लिन पाउनेछन् ।

युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्मेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।प्रतियोगीताले प्रतिभावान र बौद्धिक ब्यक्तीको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिस्वास छ । प्रतियोगितामा सहभागीले बौद्धिकतासँगै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नु पर्नेछ ।

बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा भाग लिन पाउनेछन् । स्वीमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित सबैलाई फाइनलमा उतारिनेछ ।

प्रतियोगीतामा शिर्ष सहित दर्जन बढि विधामा पुरस्कृत गरिने छ । बिजेताले शिर्ष उपाधिका साथमा चलचित्र, म्युजिक भिडियोमा अभिनयको अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।